२० बैशाख २०७८, सोमबार   127 पटक हेरिएको


image

साताको पहिलो दिन बढेको नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ। सोमबार नेपालको शेयर बजार दोहोरो अंकमा गिरावट लागेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.३५ अंकले घटेर २६५२.७५ विन्दुमा कायम भएको छ।

यस्तै, सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ओरालो लागेको छ। सेन्सेटिभ २.६९ अंकले घटेर ४७५.१३ विन्दुमा कायम भएको छ। नेप्से परिसूचक घटे पनि कारोबार रकम बढेको छ। आज कूल सात अर्ब ५२ करोड ९२ लाख ९० हजार (७,५२,९२,९०,१४६) रुपैयाँ बराबरको कारोबार भएको छ। आज २१६ वटा कम्पनीका ८८ हजार ४८३ पटक खरिद-बिक्री भएका थिए।

आज सबै भन्दा बढ़ी कमाऊने कम्पनीहरुमा विशाल बजार कम्पनी, नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था ,महिला लघु बित्त्त संस्था आदि रहे भने हिमालयन ऊर्जा विकास कम्पनी ,हिमालयन पावर पार्टनर ,रसुवागढ़ी हाईड्रो पावर,जानकी फाईनांसका लगानीकर्ताले गुमाएका छन्। 


आज कारोबारमा अपी पावर कम्पनी लिमिटेड,नेपाल रिइन्सुरेन्स कम्पनी ,ग्रामीण बिकाश लघु आदि कम्पनीको शेयर धेरै कारोबार भएको छ ।आज इन्भेस्टमेन्ट र माइक्रोफाइनान्स समूहबाहेक सबै समूहको परिसूचक ओरालो लागेको छ।





सम्बन्धित समाचार