२० बैशाख २०७८, सोमबार   145 पटक हेरिएको


image

अपि पावर कम्पनी लिमिटेड (API)ले दोस्रो चरणको हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको छ । पावर कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न गत फागुन ९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा वैशाख १९ गते अनुमति पाएको छ ।

कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासनको अनुमति पाएको हो ।कम्पनीको  उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । 





सम्बन्धित समाचार