२० बैशाख २०७८, सोमबार   122 पटक हेरिएको


image

एभरेष्ट इन्सुरेन्स कम्पनी लिमिटेड(EIC) ले सन्चालक समितिको ११३ औ बैठकको निर्णय अनुसार २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।कम्पनीको वैशाख १९ गते आइतबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा जेठ १० गते काठमाडौंमा भर्चुयल माध्यमबाट हुने भएको छ । सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ८ %ले आउने बोनस सेयर र  कर प्रयोजनको लागि ४६ लाख १४ हजार ४४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

सोही सभाले आ.व. २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन , लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण आदि  प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ । साथै आ. व. २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । 

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि यही वैशाख २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  त्यसैले वैशाख २८ गतेसम्म नेप्सेमा कायम सेयर लगानीकर्ताहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन । 





सम्बन्धित समाचार