१९ बैशाख २०७८, आईतवार   119 पटक हेरिएको


image

आज आइतबार पनि नेप्सेमा हरियाली छाएको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २६६५.१० मा पुगेको छ । नेप्से २.०७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ८.७८ अंकले बढेर ४७७.८१ मा पुगेको छ ।

हप्ताको पहिलो कारोबार दिन सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि ,नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेपाल टेलिकम, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, हिमालयन डिष्टीलरी, शिवम् सिमेन्ट, अपर तामाकोशी, नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड, सानिमा बैंक लिमिटेड र अरूण भ्याली हाईड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको  छ ।

त्यस्तै सबै भन्दा धेरै कमाऊने कम्पनीहरुमा क्रमश बिशाल बजार ,महिला लघु बित्त,सिंगटी हाइड्रो ,सानिमा जनरल इन्सुरेन्स आदि रहेको छ भने गुमाऊने कम्पनीहरुमा एभरेस्ट बैंक कन्भरटिबल प्रिफरेंस ,सनराईज म्युचियल फण्ड ,एनआईबीएल समृद्धि फण्ड आदि रहेको छ ।

यस दिन नेप्सेको वृद्धिलाई कारोबार रकममा पनि बृद्धि भएको छ । आज  २२६ कम्पनीको ८३ ४०४ पटकको कारोबारमा ७ अर्ब ३६ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री गरेको छ । नेप्से सँगै कारोबार रकममा वृद्धि देखिएकोले लगानीकर्ताहरुमा उत्साह देखिएको छ। कारोबार रकम सहितको वृद्धिलाई बलियो र दिगो मानिन्छ।





सम्बन्धित समाचार