१९ बैशाख २०७८, आईतवार   235 पटक हेरिएको


image

एनआईसी एशिया बैंक लिमिटेड (NICA)लाई आफ्नो  स्वामित्वमा रहेको २ वटा कम्पनीको  शेयर बिक्री गर्न भएको  छ । बैंकले सिटिजन इन्भेस्मेंट ट्रस्ट (नागरिक लगानी कोष)को ५० हजार कित्ता र नेशनल लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडको ४७ हजार ५ सय ६ कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । सिटिजन इन्भेस्मेंट ट्रस्ट (नागरिक लगानी कोष)को न्युनतम मूल्य प्रतिकित्ता १३४७ रूपैयाँ र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको न्युनतम मूल्य प्रतिकित्ता ४४३ रूपैयाँ तोकिएको  छ ।

उक्त शेयरमा खरीद गर्न चाहने लगानीकर्ताले आज वैशाख १९ गते बाट वैशाख २४ गतेसम्म न्युनतम १०० कित्तादेखि अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।शेयर खरीद गर्न चाहने लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लिमिटेडको   केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।





सम्बन्धित समाचार