१९ बैशाख २०७८, आईतवार   527 पटक हेरिएको


image

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि  साधारण शेयर जारी गर्ने भएको छ ।यो लघुबित्तले सर्बसाधारण शेयरको  लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका  हो।यसको लागि गत फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड निवेदन दिएको छ। यस कम्पनीको साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको लागि एनएमबि क्यापिटलले काम गर्नेछ ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । यस स्मार्ट लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।सो को लागि गत फागुन १४ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड ,सेबोनमा निवेदन दिएको  हो ।यस कम्पनीको साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको एनएमबि क्यापिटलले गर्नेछ ।

माया खोला हाईड्रोपावरले सर्वसाधारणको लागि २४ करोड बराबरको २४ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो। यस हाईड्रो पावर कम्पनीले शेयर निष्कासन तथ बिक्री प्रबन्धकको लागि प्रभु क्यापिटललाई चयन गरेको छ ।यसका लागि माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष विजयमान शेरचन तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।यस हाईड्रो  कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

डिस मिडिया नेटवर्क लिमिटेडले २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निश्कासनको लागि २०७७ साल असार ३० गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको साधारण शेयर  निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ(Further Public Offering) निष्कासन गर्ने भएको छ । यस लघुबित्त संस्थाले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ  जारी गर्ने भएको हो ।यस लघुबित्त संस्थाको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । संस्थाले सर्वसाधारणलाई एफपीओ(FPO) सेयर जारी गरे पश्चात संस्थाको चुक्ता पुँजी ५२ करोड २६ लाख रुपैयाँ हुनेछ ।संस्थाले एफपीओ(FPO) निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।उक्त धितोपत्र निष्काशन सम्बन्धी सम्झौता-पत्रमा किसान लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय र सर्वसाधारणको लागि ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि यही मिति २०७७ फागुन २५ गते नियामक निकाय नेपाल धितो पत्र बोर्डमा निबेदन( सेबोन)मा निवेदन दिएको छ ।यस हाइड्रोपावर कम्पनीको साधारण सेयर  निष्कासन तथा बिक्री प्रबन्धकको कामको लागि  ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्ने कम्पनीले जनाएको छ ।

मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले १ अर्ब ५० करोड रूपैयाँ बराबरको १ करोड ५० लाख कित्ता कित्ता साधारण सेयर  निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि बोर्डबाट अनुमति पाइसकेको  छ । कम्पनीले पहिलो आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वैशाख २१ गतेदेखि प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्दैछ । उक्त सेयर बाँडफाँड भएपश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।





सम्बन्धित समाचार