१९ बैशाख २०७८, आईतवार   1485 पटक हेरिएको


image

काठमाडौं । फुलबुट्टे सारीबाट नेपाली गीत संगीतमा चर्चामा आएकी युगान्डाकी गायिका वियोन्सेले फेरि अर्को नयाँ गीत ल्यासी पाउ ल्याएकी छन् । यति बेला अर्को नयाँ गीत बरी लै बरी…को तयारीमा रहेकी यी गायिकाले ल्यासी पाउको भिडियो पनि सार्वजनिक गरेकी छन् । नेपाल घुम्न आएको बेला ट्रेन्डिङमा रहेका कारण आफूले फुलबुट्टे गीत गाएकी वियोन्सेले यो नयाँ गीत भने अर्जिनल भर्सनमा गाएकी हुन् ।

राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा राजनराज र बियोन्सेले नै अभिनय गरेका छन् । अघिल्लो गीत जस्तै यो गीतबाट पनि आफू चर्चामा आउने उनको विश्वास छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । फुलबुट्टे सारीका संगीतकार राजनराज सिवाकोटीकै संगीतमा उनले यो नयाँ गीत आफ्नो स्वरमा बजारमा ल्याएकी हुन् ।





सम्बन्धित समाचार