१८ बैशाख २०७८, शनिबार   179 पटक हेरिएको


image

छिमेकी देश भारतमा को’रोना सङ्’क्रमणको दोस्रो लहर निकै भया’वह बन्दै गइरहेको छ । को’रोना सङ्’क्रमितको संख्या दैनिक बढ्दै जाँदा अस्पतालदेखि श’वदाह गृहसम्म पनि चाप बढेको छ । श’वदाह गर्न स्थान अपुग भएर नयाँ स्थानको खोजीको समाचार पनि सुनेका छौ । अस्पतालमा बेड खाली नभएर जमीनमा राखेर उपचार गरिरहेको तपाई हामीले समाचारमा देखेका नै हो । यस्तो समयमा पनि मानबिय भाबना नमरेको एक यथार्थ घटना  भारतको नागपुरमा भएको छ । नागपुरका एक वृद्धले भने अर्काका लागि अस्पतालको बेड खाली गरिदिएका छन् । अस्पतालमा भर्ना भएका ८५ वर्षीय नारायण भाउराव दाभाडकरले एक युवकका लागि बेड खाली गरिदिएका हुन् ।

मैले बाँच्नुजति बाँचिसकेँ, तर त्यो युवकको पछाडि उसको पूरा परिवार छ’ भन्दै नारायणले आफू बस्दै आएको बेड ती युवकका लागि छाडिदिएका हुन् । को’रोना सङ्’क्रमणसँग जु’धिरहेको अवस्थामा अस्पतालमा भइरहेको उपचार छाडेर घर गएका नारायणको तीन दिनमै मृ’त्यु भएको छ । उनको मानवताका बारेमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले प्रशंसा गरेका छन् । उनले ट्विट गर्दै लेखेका छन्, ‘म ८५ वर्षको भइसकेँ, जीवन देखिसकेँ तर यदि ती महिलाका पति म’रेको खण्डमा बच्चाहरु अ’नाथ हुन्छन ।

त्यसैले त्यो व्यक्तिको प्राण बचाउनु मेरो कर्तव्य हुन्छ भन्दै को’रोना पी’डित राष्ट्रिय स्वयंसेवक सङ्घका स्वयंसेवक श्री नारायणजीले आफ्नो बेड ती बिरा’मीलाई दिनुभयो । भारतीय सञ्चारमाध्यमका अनुसार नारायणले अस्पताल प्रशासनलाई आफूले अर्को बिरा’मीका लागि स्वेच्छाले बेड खाली गर्न लागेको भन्दै लिखित स्वीकृतिपत्र दिएर घर गएका थिए । उनी स्वयं केही दिनअघि को’रोनाबाट स’ङ्क्रमित भएका थिए ।

अक्सिजन लेबल घटेर ६० मा आएपछि उनका छोरी र ज्वाइँले उनलाई इन्दिरा गान्धी शासकीय अस्पतालमा भर्ना गरेका थिए । लामो सङ्घ’र्षपछि उनले बेड पाएका थिए । तर एक महिलाले ४० वर्षीय पतिलाई उपचारका लागि बेड नपाएर रोइरहेको देखेपछि नारायणले आफ्नो बेड खाली गरिदिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।





सम्बन्धित समाचार