१८ बैशाख २०७८, शनिबार   281 पटक हेरिएको


image

नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (NIFRA)ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भइ कारोबार सञ्चालन गर्न थालेको छ। यसका निम्ति कनेक्ट आरटीजीएस प्रणालीमा निफ्रालाई एनएचसीएलले आबद्ध गराएको हो।

यो प्रणालीमा नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्दै आएको सो प्रणालीमा नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (NIFRA) पनि जोडिएको हो।

यो प्रणालीमा आबद्ध भए सँगै २ लाखभन्दा माथिका भुक्तानी तत्काल गर्न सकिने हुँदा यसले निफ्राको फन्ड म्यानेजमेन्ट थप सहज हुने अपेक्षा गरिएको छ। एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न कनेक्ट आरटिजीएस प्रणाली प्रदान गरेको हो। जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटी जीएस प्रणालीसँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ प्रणालीसँग इन्ट्रिगेट गरिएको जनाइएको छ।





सम्बन्धित समाचार