१८ बैशाख २०७८, शनिबार   203 पटक हेरिएको


image

प्रभु इन्सुरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । यस इन्सुरेन्स कम्पनीको बार्षिक साधारण  सभाले शेयर लगानीकर्तालाई १०% बोनस सेयर, र सो लाभांश शेयरमा लाग्ने कर तिर्न ०.५३% नगद लाभांश वितरण गर्ने एजेन्डा पनि रहेको छ । यस्तै, कम्पनीको प्रबन्धपत्रमा सामुहिक लगानी कोष सञ्चालन गर्ने उद्देश्य थप गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ । 

कम्पनीको बार्षिक  साधारण सभा काठमाडौंमा यही जेठ ६ गते बिहान ११ बजे सुरु हुनेछ । प्रभु इन्सुरेन्सले कम्पनीले  वैशाख २६ गते देखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकोले  वैशाख २५ गतेसम्म कायम रहने शेयरधनीले मात्र प्रस्तावित १०% बोनस शेयर पाउने छन् ।





सम्बन्धित समाचार