१८ बैशाख २०७८, शनिबार   436 पटक हेरिएको


image

को’रोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्रको हिजो बसेको बैठकले नेपाल भारत सीमा नाका नाका बन्द गर्ने सिफारिश गरेको छ ।

खुला सीमा नाका कारण भारतबाट संक्रमित नेपाल प्रबेश गरेको पाईएकोले कोरोनालाई नियन्त्रण तथा रोकथामको लागी सो कार्य गर्न सरकारलाई सिसिएमसीले सिफारिस गरेको हो ।सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो लहरको कोभिड–१९ को जोखिम क्रमशः बढ्दो भएकाले थप सचेतनाका उपायबारे सिफारिश गरेको जनाइएको छ ।

सिसिएमसीले गरेको उक्त सिफारिशबारे अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ । बैठकमा को’रोना रोकथामका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा र अत्यावश्यक वस्तु र सेवाको सञ्चालनका विषयमा सोही बैठक छलफल गरिने जनाएको छ ।





सम्बन्धित समाचार