१७ बैशाख २०७८, शुक्रबार   174 पटक हेरिएको


image

सांग्रिला डेभलपमेन्ट बैंकलाई ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्न अनुमति दिएको छ । नेपाल धितो पत्र बोर्डबाट अनुमति पाए संगै अबको कही दिनमा बिक्रीको प्रक्रियामा अघि  बढ़ने छ । यो   ऋणपत्रमा वार्षिक ९% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर “२०८७” नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । 

प्रतिकित्ता १ हजार रुपैयाँको दरमा ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री गर्ननियामक निकाय नेपाल धितो पत्र बोर्डले सांग्रिला डेभलपमेन्ट बैंकलाई अनुमति दिएको हो । उक्त ऋणपत्रमध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल ४५ करोड रुपैयाँ बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख कित्ता ऋणपत्रले हुन आउने कूल ३० करोड रुपैयाँ बराबरको ऋणपत्र अर्थात १५,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाई सर्वसाधारणका लागि सार्वजनिक निश्कासनबाट बिक्री बितरण  गर्ने छ  ।





सम्बन्धित समाचार