१७ बैशाख २०७८, शुक्रबार   172 पटक हेरिएको


image

हिजोबाट जारी भएको बिभिन्न स्थानमा निषेधाज्ञामा थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ। को’रोना सं’क्रमण झनै बिकराल बढ्दै गएकोले जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ।

हिजो बिहीबार निषेधाज्ञा पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अलपत्र, यात्रुहरु अलमल,एक जिल्लामा निषेधाज्ञा र अर्को जिल्लामा निषेधाज्ञा नभएकाले यात्रु तथा सबारी साधनलाई अलमल भएको देखिएको छ । आजदेखि भने निषेधाज्ञा कडाइका साथ आदेशको पालना गर्न गराउने भएको हो ।

यस अघि नै सरकारबाट घोषित १५ जिल्लामा पूर्ण र अरु केही जिल्लामा आंशिक निषेधाज्ञा छ। यसरी आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान,सुर्खेत र सुनसरी छन्। यस्तै  कालिकोट, मकवानपुर,बाग्लुङ र बर्दिया आदि जिल्लामा आंशिक निषेधाज्ञा छ। यसरी आदेश भएको जिल्लाहरूमा अत्यावश्यक बाहेक अन्य गतिविधि गर्न पाइने छैन । कुनै स्थानमा निषेधाज्ञा लागू नभए पनि जोर बिजोर प्रणाली राम्रोसंग कार्यान्वयन नभएको कारण र जनतामा अझै सचेतनाको कमी देख्न सकिन्छ ।  संक्रामक दर बढ्दै गए सरकारले थप जिल्लामा निषेधाज्ञा नगर्ला भन्न सकिदैन।





सम्बन्धित समाचार