
बिश्वलाई आक्रान्त बनाई रहेको को’रोनाले को’रोना सं’क्रमण भएपछि को’रोना संगको लड़ाई लडिरहेका बरिष्ट हास्य कलाकार मदनकृष्ण श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्र शाहको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकबाट कलाकार श्रेष्ठले आफ्नो शरीर पनि कोरोनाका कारण गलिरहेको यस परिवेशमा पूर्बराजा ज्ञानेन्द्र लगायत राजपरिवारप्रति पनि शिघ्र स्वास्थ्यको कामना व्यक्त गरेका छन । उनले सामाजिक सञ्जालमा सबैका लागि माया पोख्न मन लागिरहेको बताउँदै भावुक अभिव्यक्ति फेसबुक मार्फ़त दिएका छन् ।
उनले लेखेका छन्, ‘आफ्नो शरिर सिंगै कोरोनाले गलेर लल्याकलुलुक, फत्ल्याक फुत्लुक भईरहेको बेला सबैलाई सम्झेर मन भाबुक भैरहेकोछ आज सबैलाई एकपल्ट माया पोख्न मन लागिरहेकोछ । राजा ज्ञानेन्द्र लगायत राजपरिबार प्रति पनि सिघ्र स्वास्थ्यको कामना ब्यक्त गर्न मनलागिरहेछ। Get well soon राजन ,Respect you, love you .