१६ बैशाख २०७८, बिहीबार   636 पटक हेरिएको


image

सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २०७७ वैशाख १७ गते शुक्रबारबाट साधारण शेयर निष्काशन गर्ने लागेको हो । यस कम्पनीको साधारण शेयर निष्काशन बन्द वैशाख २१ गते हुनेछ । यस हाइड्रोपावर कम्पनीले प्रति कित्ता १०० रुयौयाँका दरले २५,१८,२३० कित्ता साधारण शेयर निष्काशन गर्नेछ । जस मध्ये २% अर्थात् ५०,३६५ कित्ता कर्मचारीलाई, ५% अर्थात् १,२५,९११ कित्ता सामुहिक लगानीकोषलाई र बाँकी रहेको २३,४१,९५४ कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिने भएको छ ।

इच्छुक आवेदकले न्यूनतम १० कित्ता सम्म आवेदन दिन सक्नेछन् । आवेदन सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर एप मार्फत दिन सकिनेछ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। यही आऊदो शुक्रवारबाट खुल्न लागेको हाइड्रोपावरको साधारण शेयरमा न्यूनतम १० कित्ताको लागी दिने सकिने हो । त्यसैले लगानीकर्ताले १० कित्ताको लागी आबेदन दिंदा नै उपयुक्त हुनेछ किन भने हाल सम्म डीम्याट खाता खोल्नेको संख्या ३३ लाख भन्दा बढ़ी भएको जानकारी प्राप्त भए संगै २३,४१,९५४ कित्ताको आबेदनमा जम्मा २,३४,१९५ जनाले १०,१० कित्ता शेयर प्राप्त गर्ने भएकोले यो कम्पनीको शेयर पाऊन पनि भाग्यमा नै भर पर्ने हुने छ ।





सम्बन्धित समाचार