PalikaExpress
१६ बैशाख २०७८, बिहीबार
682 पटक हेरिएको

को’रोना सं’क्रमित पूर्वराजारानी ज्ञानेन्द्र र कोमल शाह काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गरिरहनु भएको छ । पूर्वरानी कोमल शाहलाई भने आइसियूमा राखेर उपचार थालिएको छ।
शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो। अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ। अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ र उहाँ पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा हुनुहुन्छ भने पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उहाँलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन।