७ कार्तिक २०७७, शुक्रबार   517 पटक हेरिएको


image

बैंकिङ खबर । नेपालीको महान चाड दशैं सुरु भएको छ । पक्कैपनि तपाईले दशैंमा केही रकम दक्षिणाबाट पाउनु नै हुन्छ । हिन्दु धर्मावलम्बीको विषेश पर्वका रुपमा रहेको दशैंमा आफन्त तथा मान्यजनबाट टीका थापेर दक्षिणा पाउने प्रंचलन छ । यो बेलामा घर, आफन्त लगायतबाट टीका लगाएर पाएको दक्षिणा अनावश्य रुपमा खर्च गरेर सिध्याउने भन्दा सहि ठाउँमा प्रयोग गर्न सकियो भने भविष्यमा आउँन सक्ने समस्यासंग जुध्न सक्ने क्षमता मिल्छ । सानो रकमलाई परिचालन गर्न सक्यौं भने हामीले कहिले फर्केर पछाडि मोडिनु पर्दैन् । त्यसैले सेयर बाजारमा जान चाहाने वा लगानी गर्न इच्छुक व्याक्तिको लागि दशै सुनौलो अवसर बन्न सक्छ । दशैं लगतै १४ कम्पनीको साधाराण सेयर ‘आइपिओ’ आउदैछ । ‘आईपीओ’मा लगानी गर्न इच्छुक हुनुहुन्छ ? इच्छुक हुनुहुन्छ भने दशैंमा पाएको दक्षिणाले सेयरमा लगानी गर्नुहोस ।

१४ कम्पनीको ३ अर्ब ८५ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको ३ करोड ८४ लाख ७३ हजार कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । बोर्डका अनुसार दशैं लगतै केहि कम्पनीले अनुमती सेयर निष्कासनको लागि अनुमति पाउनेछन् । सेयर निष्कासनको लागि १० वटा जलविद्युत् समूह, ३ वटा अन्य समूह र एउटा मर्चेन्ट बैंकिङ समूहका कम्पनी हुन् । हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका जलविद्युत् कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ ।

सेयर निष्कासनका लागि आवेदन दिएका जलविद्युत् समूहका कम्पनीमा हिमालयन हाइड्रोपावर लिमिटेड (स्थानीय र सर्वसाधारण), विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), रुरु लघुजलविद्युत् परियोजना (स्थानीय बासिन्दा र सर्वसाधारण), शुभम् पावर लिमिटेड (सर्वसाधारण), सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, तेह्रथुम पावर कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), मैलुङ खोला जलविद्युत् (सर्वसाधारण), ग्रिनलाइफ हाइड्रोपावर (स्थानीय बासिन्दा र सर्वसाधारण), सिँगटी हाइड्रो इनर्जी, मैलुङ खोला जलविद्युत् (सर्वसाधारण) र मध्यभोटेकोसी जलविद्युत् (स्थानीय बासिन्दा र सर्वसाधारण) छन् । सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएका अन्य समूहका कम्पनीमा डिस मिडिया नेटवर्क, इमर्जिङ नेपाल र चन्द्रागिरि हिल्स् छन् । मर्चेन्ट बैंकिङ क्षेत्रबाट सीआईबीएल क्यापिटलले पनि बोर्डमा आवेदन दिएको छ । अन्य समूहअन्तर्गत रहेर सेयर निष्कासन गर्ने उल्लिखित तीन कम्पनीमध्ये आआफ्नो क्षेत्रमा सबै पहिलो कम्पनी हुन् । साभार-Bankingkhabar





सम्बन्धित समाचार