१६ बैशाख २०७८, बिहीबार   236 पटक हेरिएको


image

सानिमा जनरल इन्सुरेन्सले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । यस इन्सुरेन्स कम्पनीको  बार्षिक साधारण  सभा काठमाडौंमा हुने भएको छ । भर्चुअल माध्यमबाट सभामा भाग लिन चाहने सम्बन्धित सदस्यहरुलाई सो को व्यवस्था मिलाउने कम्पनीले जनाएको छ ।

सभामा सञ्चालक निर्वाचन गर्ने, गत आ. व.२०७६/ ७७ को वार्षिक प्रतिवेदन ,वित्तीय विवरण र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । कम्पनीले यस वर्ष लाभांश प्रस्ताव भने गरेको छैन ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन योग्य हुनेछन् ।





सम्बन्धित समाचार