
यही गत १३ गते बाट खुल्ला भएको एनआईविएल समृद्धि फण्ड-२ ले सार्वजनिक निष्काशन गरेको इकाईका लागि माग भन्दा बढि आवदेन परेपछि आज मिति २०७८ बैशाख १६ गते बाट निष्काशन तथा बिक्री बन्द गर्ने भएको छ । समृद्धि फण्डले प्रति इकाई १० रुपैयाँको दरमा सर्वसाधारणका लागि ९ करोड ६० लाख इकाई सार्वजनिक निष्काशन तथा बिक्रीको लागी आह्वान गरेको हो ।

यस समृद्धि फण्डले जम्मा १२ करोड इकाई मध्ये पूँजी बापत १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल तथा न्यूनतम २ करोड तीन लाख कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकको लागि निष्काशन गरिने इकाईको जम्मा २०% अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखी बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारणका लागि छुट्टाएको छ ।
लगानीकर्ताले मेरो शेयर मार्फत अनलाइन आवदेन दिन सक्ने छन् । आज बैंकिङ कारोबार हुने समय सम्म आवदेन दिन सकिने सार्वजनिक निष्काशन तथा विक्री प्रवन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ ।