१५ बैशाख २०७८, बुधबार   229 पटक हेरिएको


image

चितवन जिल्लामा को’रोनाका सक्रिय सं’क्रमितको संख्या ५०० नाघेको जानकारी प्राप्त भएको छ। ५०० को’रोना सं’क्रमित संख्या बढे पछि निषेधाज्ञा लगाऊन सकिने भएकोले सो बारे निर्णय हुन बाक़ी रहेको छ । आज यो समाचार तयार पारुन्जेल सम्म चितवन जिल्लामा सक्रिय सं’क्रमितको संख्या ५८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

ती को’रोना  सं’क्रमितमध्ये ५३९ जना सं’क्रमित होम आइसोलेसनम छन् भने ४६ जना सं’क्रमित मात्रै अस्पताल आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टामा जिल्लामा १३४ जना नयाँ सं’क्रमित थपिएका छन्।सक्रिय सं’क्रमित पाँच सय नाघेसँगै जिल्लामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ।

जिल्लामा बढी भिडभाड हुने स्थान तथा क्षेत्रहरुको पहिचान गरेर ति स्थानमा निषेधाज्ञा लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय चितवनका वरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक तिवारीले बताए।





सम्बन्धित समाचार