१५ बैशाख २०७८, बुधबार   749 पटक हेरिएको


image

एसईई र कक्षा १२ को परीक्षाको लागि बोर्ड र बिद्यार्थी अहिले तयारी अवस्थामा रहेको छ ।  राष्ट्रिय परीक्षा बोर्डले एसईई जेठ १३ गतेदेखि र कक्षा १२ को जेठ २६ गतेबाट अन्तिम परीक्षाको तालिका सार्वजनिक गरिसकेको छ । एसईईका लागि एक महिना बाँकी छ । परीक्षाको तयारी गर्नुपर्ने समयमा निषेधाज्ञा आदेश जारी गरिएकाले भनेकै समयमा परीक्षा सञ्चालन गर्न असहज हुने र त्यसका लागि परिस्थिति पनि अनुकूल हुनुपर्ने बोर्डका सदस्यले बताएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्यका अनुसार  यही अवस्था कायम रहे जेठ १३ मा परीक्षा सञ्चालन गर्न सकिँदैन । समय थोरै छ । परीक्षा आजको भोलि नै निर्णय गरेर सञ्चालन गर्न सम्भव हुँदैन । बोर्डका सदस्यका भन्छन्, ‘तयारी पनि जारी राख्नुपर्छ । यही अवस्था कायम रहे हामीलाई गाह्रो छ ।’ उनले निषेधाज्ञा आदेश भएकाले एक महिनाभित्र सबै काम गर्न कठिन रहेको बताए ।तर बिद्यार्थीले परीक्षाको लागि तयारी अवस्थामा बस्नु पर्ने हुन्छ ।





सम्बन्धित समाचार