PalikaExpress
१५ बैशाख २०७८, बुधबार
577 पटक हेरिएको

भारतमा को’रोनाले आक्रान्त बनाई रहेको र नेपालमा पनि को’रोना महामारीका कारण सरकारले निषेधाज्ञा गर्ने भए पछि २ दिनमा काठमाडौंबाट बिभिन्न नाका भएर घर फर्कने संख्या १ लाख भन्दा बढ़ी मानिस बाहिरिएका छन् । सरकारले दुई साताको लागि उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छाड़नेको संख्या बढेको हो ।
उपत्यकाबाट मंगलबार मात्र ५१ हजारले उपत्यका छोडेको महानगरीय ट्राफिक महाशाखाको तथ्यांकमा रहेको छ । नागढुंगा नाकाबाट मात्र ४५ हजार ७ सय ७५, फर्पिङबाट ४५, भक्तपुर तथा मुड्कुबाट ६ हजार ३ सय ६० जना बाहिरिएका हुन् ।
सोमबार ५० हजारले उपत्यका छाडेका थिए। उपत्यकामा कोरोना संक्रमण बढेसँगै १० गतेबाट नै उपत्यका छोड्नेहरू बढेका थिए। आज पनि मानिसको बाहिरिनेको संख्या उत्तिकै रहेको छ ।