PalikaExpress
१३ बैशाख २०७८, सोमबार
508 पटक हेरिएको

नेपाल सरकारले अर्को आदेश नभएसम्मका लागि सबै परीक्षा स्थगित गरेको छ । हिजो आइतवार बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् (सीसीएमसी)को बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सीसीएमसी सचिवालयका संयोजक खगराज बरालले जानकारी दिनुभयो ।

हिजोको सीसीएमसीको निर्णयसँगै सोमवारका परीक्षा पनि स्थगित गर्न सरकारले एक सूचना जारी गरेको छ । भौतिक उपस्थिति नभई भर्चुअल र बैकल्पिक माध्यमबाट मात्र पठन पाठन जारी राख्न सकिने सो सूचनामा उल्लेख गरिएको छ ।