१२ बैशाख २०७८, आईतवार   700 पटक हेरिएको


image

सप्तरी। सप्तरी जिल्लाको बलानविहुल गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट बैशाख १२ गते एपीएफ टोलीले करीव ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ६८ वटा एलिभेष्टरसहित भारतमा घर बताउने ३५ वर्षिय निरज गुप्तालाई पक्राउ गरेको छ। भारतबाट दुई वटा बयल गाडामा राखी नेपालतर्फ ल्याउँदै गरेको चोरीपैठारीको उक्त एलिभेष्टरसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेल्हीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त एलिभेष्टर ल्याउन प्रयोग भएको २ वटा बयल गाडा र चार वटा गोरु समेत बरामद गरेको छ ।

पक्राउ परेका निज गुप्तालाई बरामद एलिभेष्टर, गोरु र गाडासहित आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाईएको छ । बरामद गोरु तथा गाडाको भन्सार दाखिला मुल्य एक लाख ६० हजार रुपैयाँ रहेको छ ।





सम्बन्धित समाचार