१२ बैशाख २०७८, आईतवार   166 पटक हेरिएको


image

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब पनि सचेत नबने विश्वव्यापी महामारीको रुपमा फैलिएको को’रोना भा’इरस संक्रमितको उपचारका लागि अस्पतालमा ठाउँ नै नहुने चेतावनी दिएको छ। बढ्दो सं’क्रमण रोकथाम सम्बन्धमा सार्वजनिक सूचना सार्वजनिक गर्दै मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले यस्तो चेतावनी दिएका हुन्। 

को’रोना भा’ईरसलाई साधारण रुघा’खोकीको रूपमा लिएर सुरक्षित मापदण्ड नअपनाए यसले बिकराल रुप लिई अस्पतालमा राख्ने ठाऊ नहुने स्वास्थ्यबिदहरुले चेतावनी दिएका छन । सं’क्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन,मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरेको छ। स्वास्थ्यलाई खेलवाड़ गरी स्वास्थ्य मापदण्ड नअपनाए छिमेकी देश भारतले भोगीरहेको अवस्था सिर्जना हुन सक्ने छ ।

त्यसैले बिना काम घर बाहिर ननिस्किने,हरेक व्यक्तिले स्वास्थ्यका सुरक्षित मापदण्ड अपनाऊने ,संयमित बन्ने ,आफूले अरु सबैलाई सं’क्रमणको आशंकामा राखेर मास्क लगाउने,हातमा पन्जा लगाऊने , भौतिक दूरी कायम गर्ने, धेरै मानिसको जम्काभेट नगरौ र बारम्बार हातको सरसफाइमा ध्यान दिने हो भने यो रोगबाट बच्न सकिने चिकित्सकहरु बताउछन ।





सम्बन्धित समाचार