
नेपाली युबाले निमार्ण गरेका दुई इलेक्ट्रिक मोटरसाइकलको मूल्य सार्वजनिक भएको छ । सो मोटरसाईकललाई टेस्ट ड्राईभमा देशको बिधुतीय क्षेत्रबाट परिचित ब्यक्ति कुलमान घिसिंगले गर्नु भएको भिडियो बिभिन्न मिडिया देखिएको थियो । नेपाली युवाहरुको स्टार्टअप कम्पनी यात्री मोटरसाइकल्सले निर्माण गरेका पी–० र पी–१ मोटरसाइकलको मूल्य सूची समेत सार्वजनिक गरिएको हो ।
पी–० को मूल्य १९ लाख ४९ हजार र पी–१ को मूल्य ४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । यो पी–० मोटरसाइकललाई साढे ३ वर्षको मेहनत पश्चात यी युबाले सार्वजनिक रुपमा उपलब्ध गराउन सकेको यात्री मोटरसाइकल्सका संस्थापक असिम पाण्डेले बताए ।पी–१ भने विगत एक वर्ष यता निर्माणको चरणमा थियो । पी–० ले ६४ एचपी पावर र ६५० एनएम टर्क जेनेरेट गर्छ र सिंगल चार्जमा २३० किलोमिटर यात्रा गर्न सकिन्छ । त्यसैगरी पी–१ ले १९ एचपी पावर र ४३० एनएम टर्क जेनेरेट गर्छ ।यसले सिंगल चार्जमा ११० किलोमिटर माइलेज दिन्छ ।