१२ बैशाख २०७८, आईतवार   144 पटक हेरिएको


image

एनआईसी एशिया बैंक (NICA)ले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त (RMDC)को संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आरएमडीसी लघुवित्तमा रहेको ४ लाख ५८ हजार ३५५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।

उक्त सेयरमा विद्यमान संस्थापक, जो कोही व्यक्ति, कम्पनी र संघ संस्थाले आज २०७८ वैशाख १२ गते देखि वैशाख २० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। लिलामी सेयरका लागि न्यूनतम ४३७ रुपैयाँ वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेश गर्न सकिनेछ ।

यस्तै न्यूनतम १०० कित्तादेखि लिलामी खुला गरिएको अधिकतम सम्पूर्ण कित्ताका लागि बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल, बबरमहल काठमाडौंमा बोलपत्र बुझाउन सकिने जनाइएको छ ।





सम्बन्धित समाचार