१२ बैशाख २०७८, आईतवार   301 पटक हेरिएको


image

प्रधानमन्त्री केपी शर्मा ओलीले को’रोना भा’इरसको संक्रमण नियन्त्रणका लागि तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

लकडाउन तथा निषेधाज्ञा नै जारी गर्ने अवस्था आए अधिकार स्थानीय तहलाई दिइएको छ र संक्रमण रोक्न पनि स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्छ भन्नुभयो।हिजो शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका सीसीएमसीका संयोजका उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतका सदस्यहरुले  को’रोना सं’क्रमणको अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए।

को’भिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बढ्दै गएको को’रोना सं’क्रमणबारे गरेको ब्रिफ्रिङको क्रममा उनले अहिले नै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् । 





सम्बन्धित समाचार