PalikaExpress
११ बैशाख २०७८, शनिबार
662 पटक हेरिएको

नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन्। भारतको उत्तराखण्ड राज्य स्थित हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर पूर्वराजा शाह वैशाख ७ गते स्वदेश फर्केका थिए। त्यस पछी स्वदेश फर्किए लगतै गरिएको परीक्षणमा उनीहरूमा को’रोना संक्रमण पुष्टि भएको थियो।
को’रोना सं’क्रमणपछि शाह दम्पती निर्मल निवासमा आइसोलेसनमा रहेका थिए । आइसोलेसनमा रहेका शाह दम्पती पूर्व राजा ज्ञानेन्द्र र कोमल स्वास्थ्यमा समस्या देखिएपछि शनिवार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्।