११ बैशाख २०७८, शनिबार   1253 पटक हेरिएको


image

नेपाल एलपी ग्यास उद्योग सङ्घले को’रोना महामारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ । ग्यास उद्योग सङ्घले शु्क्रबार एक सूचना जारी गर्दै आग्रह गरेको हो। महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर पहिलेनै सूचित गराइएको सङ्घका अध्यक्षले जानकारी दिए। छिमेकी देश भारत लगायत नेपालमा पनि को’रोनाको दोस्रो लहर फैलिएको छ।

यसबाट दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरिएको छ। नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनेतर्फ सचेत गराउँदै भण्डारण क्षमताअनुसार मौज्दात राख्न ग्यास उद्योगीलाई पत्र लेखेको छ।





सम्बन्धित समाचार