१० बैशाख २०७८, शुक्रबार   166 पटक हेरिएको


image

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गरी व्यापार व्यावसाय गरिरहेका १६ ओटा कम्पनीबीरुद्ध मुद्धा दायर गरेको छ । विभागले विभिन्न फर्महरुको नाममा नक्कली तथा झुठा विलविजक प्रयोग गरी राजस्व छली गर्ने ललितपुरमा व्यवसाय संचालन गरिरहेका अनिल कुमार गुप्तालगायत १६ जना विरुद्ध मुद्धा दायर गरेको हो ।

झुठा विलविजक देखाई राजस्व छली गर्नेहरुमा अनिल कुमार गुप्ता, अभिमन महतो कोईरी,प्रविण कुमार महतो, अकली हजारा दुसादलगायत छन् । उनीहरुका फर्महरुमा क्रमस अनिल गुप्ता एण्ड एशोसिएसन, अंकुस ट्रेड एण्ड सप्लायर्स, सन्ध्या ट्रेडर्स, लक्की ट्रेड लिंक लगायत रहेका छन् । उक्त फर्मका मालिकहरुले विभिन्न फर्महरुको नक्कली विलविजक देखाई राजस्व छली गरेकाले विभागले राजस्व चुहावट ऐन २०५२ को दफा ३ को अधिमा मुद्धा दायर गरेको हो र २ अर्ब १९ करोड बढिको विगो दावी उनिहरुविरुद्ध उच्च अदालत पाटमा मुद्धा दायर गरिएको छ ।





सम्बन्धित समाचार