१० बैशाख २०७८, शुक्रबार   380 पटक हेरिएको


image

माछापुच्छ्रे बैंकको आऊदो वैशाख १६ गते बेलुका ६ बजे देखि १९ गते बिहान ६ बजे सम्म सम्पूर्ण कारोबार बन्द हुने भएको छ । बैंकले कोर बैंकिङ् सिष्टम(CBS) प्रतिस्थापन गर्नेभएकाले उक्त दिन सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द गर्ने भएको हो ।

बैंकले एक सूचना निकाल्दै वैशाख १६ गते बेलुका ६ बजे देखि १९ गते आइतबार बिहान ६ बजे सम्म बैंकको सम्पूर्ण बैंकिङ कारोबार इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम कार्ड (क्रेडिट/प्रिपेड कार्ड बाहेक) पूर्ण रुपमा बन्द हुने जनाएको छ ।

बैंकले बैंकिङ्ग कारोबार बन्द हुने मितिमा आईपर्न सक्ने अतिआबस्यक कारोबारका लागि सम्वन्धित शाखा कार्यालयमा अग्रिम सम्पर्क गर्नका लागि बैंकले अनुरोध गरेको छ ।





सम्बन्धित समाचार