१० बैशाख २०७८, शुक्रबार   537 पटक हेरिएको


image

साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । यस कम्पनीले सर्ब साधारणको लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागेको हो ।

यसको लागि कम्पनीले गत मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । साहस उर्जा कम्पनीको साधारण सेयरको लागि निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।





सम्बन्धित समाचार