१० बैशाख २०७८, शुक्रबार   152 पटक हेरिएको


image

हिमालयन डिष्टिलरी लिमिटेड(HDL)ले शेयरलगानीकर्तालाई नगद लाभांश बुझिलिन अनुरोध गरेको छ । यस डिष्टिलरी कम्पनीले गत आ.व. २०७०/७१ र ७१/७२ को मुनाफाबाट वितरण गरिएको नगद लाभांश बुझि नलिएका शेयरलगानीकर्तालाई आफुले प्राप्त गर्ने लाभांश  लिन अनुरोध गरेको हो ।

कम्पनीले गत माघमा नै नगद लाभांश लिनका लागि एक सुचना जारी गरको थियो। सो सुचना अनुसार केही शेयरलगानीकर्ताले नगद लाभांश लिएपनि बाँकी रहेका शेयरलगानीकर्ताले लिन आएका छैनन।त्यस कारण कम्पनीले सुचना प्रकाशन गरेको आजको मितीले ३० दिन भित्र जावलाखेल स्थित कार्यालयमा सम्पर्क गरी नगद लाभांश लिन अनुरोध गरेको छ ।

यस अवधिमा पनि नगद लाभांशको रकम नलिएमा कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी गराएको छ ।





सम्बन्धित समाचार