
अहिले बढ्दै गईरहेको को’रोना महामारीले देशका सम्पूर्ण तथा काठमाडौँ उपत्यकाका मुख्य अस्पतालहरुमा को’रोना संक्रमित बिरामी उपचारका लागि व्यवस्था गरिएका शैयाहरु भरिएका छन् । अस्पतालका शैयाहरु भरिएपछि अस्पतालहरुलाई अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन् ।
संक्रमित संख्या बढ्दै गरेको दोस्रो लहरको को’रोना संक्रमण पछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी आदि कारणले संक्रमण तीव्र रुपमा फैलिरहेको जन-स्वास्थ्यकर्मीहरु ठम्याई छ । सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तिमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् ।
तीव्र संक्रमण नियन्त्रण गर्न अति आवश्यकबाहेक अन्य सेवा बन्द गर्नुपर्ने सुझाव त्रिवि शिक्षण अस्पतालका को’भिड उपचार सम्पर्क चिकित्सक सविन थपलियाको छ ।त्यसैले संक्रमण दर घटाऊन सरकार तथा सम्बंधित निकायको ध्यान नगए ठुलो क्षति ब्योहोर्नु पर्ने चिकित्सकहरु बताऊछन ।