PalikaExpress
१० बैशाख २०७८, शुक्रबार
450 पटक हेरिएको

एजेन्सी । भारतको मुम्बईस्थित विजय वल्लभ कोरोना विशेष अस्पतालको आईसीयू वार्डमा विद्युत सर्ट हुँदा आज विहान आग, लागी हुँदा १३ जना विरामीको मृ, त्यु भएको छ ।
विद्युत सर्टहुँदा आज विहान साढे तीन बजेतिर आगलागी भएको बताइएको छ । आईसीयू वार्डमा १७ जना विरामीको उपचार भइरहेको थियो ।अस्पतालका विरामीहरुलाई नजिकैको अन्य अस्पतालहरुमा पठाइएको जानकारी प्राप्त भएको छ । गत मंगलबार नै महाराष्ट्रको नासिकमा अक्सिजन लीक हुँदा २४ जना कोरोना संक्रमितको मृ, त्यु भएको थियो