९ बैशाख २०७८, बिहीबार   484 पटक हेरिएको


image

विश्वव्यापी महामारीको रूपमा फैलिएको को’भिड–१९ विरुद्धको खोप लगाउने कार्य पनि सुरु भइसकेको छ। यही अवस्थालाई ध्यानमा राखेर को’रोना खोप लगाइसकेकाहरुलाई चन्द्रागिरी केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। उक्त सुविधाका लागि खोप कार्ड टिकट काउन्टरमा पेस गर्नुपर्ने चन्द्रागिरी हिल्स प्रालिले जनाएको छ। कम्पनीले एक सूचना जारी गरी आफ्ना यात्रुहरुलाई यस्तो सुबिधा दिएको हो ।

को’भिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्वता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्वि गर्ने कार्यमा यो योजना सहयोगी हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो योजना यहीँ वैशाख ९ गतेबाट सुरु भई जेठ १७ सम्मका लागि मान्य हुने कम्पनीले जनाएको छ। 





सम्बन्धित समाचार