
बैशाख ९ गतेबाट अर्को सूचना जारी नहुन्जेल सम्म वैदेशिक अध्ययन स्वीकृतीपत्र दिन बन्द गरिएको हो । तर विदेश अध्ययन गरिरहेका विद्यार्थीहरुको हकमा भने “नो अब्जेक्शन लेटर” जारी गर्ने कार्य जारी रहने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिइदै आएको वैदेशिक अध्ययन स्वीकृतीपत्र “नो अब्जेक्सन लेटर” दिन बन्द गरिएको छ ।

को’रोना महामारी फैलिरहेको सन्दर्भमा नेपालमा समेत सं’क्रमणको जोखिम बढेको भन्दै विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिइदै आएको वैदेशिक अध्ययन स्वीकृतीपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरेको हो ।मन्त्रालयले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको हो ।