७ बैशाख २०७८, मंगलवार   153 पटक हेरिएको


image

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था(JSLBB)ले वैशाख ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । यस सभामा ४९.४०% बोनस सेयर र कर तिर्न २.६०% नगद लाभांश वितरण गर्ने मुख्य एजेन्डा पेश हुनेछ । साथै, बोनस सेयरपछि वृद्धि हुने चुक्ता पुँजी बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ । अधिकृत पुँजी १५ करोड रुपैयाँबाट बढाएर ५० करोड रुपैयाँ पुर्याइने भएको छ ।

यस लघुबित्तले अरु कुनै बित्तीय कम्पनी , लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । यस जनउत्थान लघुबित्तको साधारण सभा बुटवलमा ।

बार्षिक साधारण सभाको लागि यस लघुबित्तले वैशाख २३ गते बुक क्लोज गर्ने भएको छ ।वैशाख २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।





सम्बन्धित समाचार