६ बैशाख २०७८, सोमबार   254 पटक हेरिएको


image

देशकै बिभिन्न स्थानमा नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम रुकुम चौरजहारी अस्पताल लगायतका राजधानीमा नाम चलेका हस्पिटलहरुबाट ७ जना नक्कली डाक्टरलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले बताए ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत दिपेन्द्र गौतम, न्युरो अस्पताल विराटनगरमा कार्यरत मोहम्मद सिद्धिकी, जनकपुर चिल्ड्रेन अस्पतालमा कार्यरत सुवासप्रसाद शाह र काठमाडौंको चावहिलस्थित दिर्घायु गुरु अस्पतलामा कार्यरत मोहम्मद साहिद राजा छन् ।  

अखिलेशकुमार देव विराटनगरस्थित बरगाछीबाट,पल्लवी सिंहलाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको छ । फराज हुसेन खाँलाई ललितपुरबाट पक्राउ गरिएको ब्युरोका डिआइजी सहकुल थापाले बताए । यस अघि पनि सीआईबीले नक्कली चिकित्सकलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याएको थियो





सम्बन्धित समाचार