६ बैशाख २०७८, सोमबार   743 पटक हेरिएको


image

गण्डकी प्रदेशभर वैशाख ७ गते भोलीका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।२०७८ वैशाख ७ गते परेको चैते दशैंमा बिदा दिने प्रदेश सरकारले निर्णय गरेको छ ।गत चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा चैते दशैंसहित ५ चाडपर्वमा बिदा दिने गरी राजपत्रमा प्रकाशित गरेको हो ।

नेपाल राजपत्र अनुसार ०७८ सालमा चैते दशैंसहित ईद, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारलाई बिदा दिने निर्णय गरिएको हो । प्रदेश सरकारलाई वर्षमा बढीमा ७ दिन बिदा दिने अधिकार दिइएको हुन्छ ।





सम्बन्धित समाचार