
दिनहु जस्तै शेयर कारोबारमा बढ़ने कम्पनी चन्द्रागिरी हिल्स कम्पनी लिमिटेड(CGH)ले चालु आ.ब.२०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा (घाटा) ऋणात्मक देखिएको छ।
चालु आ.ब.को चैत १८ गते सम्ममा कम्पनीले १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । यो घाटा अघिल्लो आ.ब.को सोही अवधिको तुलनामा १५ करोड ९३ लाख रुपैयाँले बढि हो । गत आ.ब.को सोही अवधिसम्ममा कम्पनीले २ करोड १८ लाख रुपैयाँ मात्र घाटामा थियो । कम्पनीको सञ्चालन मुनाफा घटेसंगै कम्पनीले व्यापक नोक्सानी व्यहोर्न परेको हो ।यो कम्पनीको तेश्रो वित्तीय विवरणमा खूद नाफातर्फ नोक्सानी देखिएको छ भने प्रतिसेयर आम्दानी, रिजर्ब तथा कोष, संचालन आम्दानी पनि घटेको छ ।कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड रूपैयाँ रहेको छ भने जगेडा कोषमा ३२ करोड ८ लाख रूपैयाँ ऋणात्मक रहेको छ । चैत १८ गतेसम्ममा कम्पनीको इपीएस ११ रूपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७९ रूपैयाँ ९ पैसा रहेको छ । आइतबार अन्तिम कारोबार चन्द्रगिरी हिल्सको प्रतिकित्ता २४ सय ९ रुपैयाँमा कारोबार भएको छ ।