५ बैशाख २०७८, आईतवार   347 पटक हेरिएको


image

एनआईसी एशिया बैंक (NICA)ले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त (RMDC)को संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।एनआईसी एशिया बैंकले ३ लाख ९३ हजार ८०१ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । उक्त सेयरमा लिलामीका लागि विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले वैशाख ८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

लिलामी सेयरका लागि न्यूनतम ४३५ रुपैयाँ वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेश गर्न सकिनेछ । यस्तै न्यूनतम १०० कित्तादेखि लिलामी खुला गरिएको अधिकतम सम्पूर्ण कित्ताका लागि बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल, बबरमहल काठमाडौंमा बोलपत्र बुझाउन सकिने जनाइएको छ ।





सम्बन्धित समाचार