PalikaExpress
५ बैशाख २०७८, आईतवार
630 पटक हेरिएको

कारोबारको पहिलो दिन आईतबार आज सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३५.८९ अंकले घटेर २६९९.५१ विन्दुमा पुगेको हो । आज बजारमा शेयर कारोबार कूल २०७ वटा कम्पनीको एक करोड ९५ लाख २८ हजार ६ सय ५६ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८० करोड १८ लाख ३ हजार २ सय १५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।


गुडविल फाइनान्स,कर्णाली डेभलपमेण्ट बैंक,सांग्रिला डेभलपमेण्ट बैंक आदि कम्पनी लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । एभरेस्ट बैंक ,एनआईसि एशिया लघुबित्त ,निफ्रा ,आरुण काबेली आदि कम्पनीको शेयर धेरै कारोबार भएको थियो।

त्यसैगरी, आज सर्वाधिक कमाऊने कम्पनीहरुमा महिला लघुबित्त ,ज्योति लाईफ इन्सुरेन्स,दिब्यश्वोरी हाईड्रो कम्पनी आदली कमाएका छन।