५ बैशाख २०७८, आईतवार   229 पटक हेरिएको


image

एजेन्सी । अफगानिस्तानको जलालाबाद शहरमा एउटा मस्जिदमा बन्दुकधारीले गरेको आक्र,मणमा एकै परिवारका आठ जनाको ह’त्या गरेका छन् । स्थानीय प्रहरीका अनुसार जमिनको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ । प्रान्तीय गभर्नर जैउलहक अमरखिलले घटनामा पाँच जना दाजुभाइ र तीन जना भाइभतिज मा, रिएको जानकारी दिनुभयो । नान्गरहर प्रहरीका प्रवक्ता फरीद खानले शनिबार राति उक्त घटना भएको पुष्टी गर्नुभयो ।

अफगानिस्तानमा प्रतिशोध ह’त्या निकै हुने गरेको छ, र यस्तो घटना निकै पुस्तासम्म चल्ने गरेको छ । मुस्लिमको पवित्र रमजान पर्वका दिनहरुमा साँझपख मस्जिदमा गएर प्रार्थना गर्ने चलन छ । यहीक्रममा उक्त घटना भएको हो ।





सम्बन्धित समाचार