४ बैशाख २०७८, शनिबार   277 पटक हेरिएको


image

बढ्दो संक्रमणले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न आज बसेको बैठकले  सिफारिस गरेको छ।

संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले मन्त्रिपरिषद्लाई उक्त सिफारिस गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ। साथै, पछिल्लो समय उपत्यका तथा सहरी क्षेत्रमा रहेका बालबालिकामा को’रोना संक्रमण देखिन थालेको मन्त्रालयले जनाएको छ । साथै, विद्यालय बन्द गरेर को’रोना संक्रमण रोकथाम गर्ने विषयमा शनिबारको बैठकले आगामी बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

को’रोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै बढ्दो जोखिमलाई मध्यनजर गर्दै सीसीएमसीले यस्तो निर्णय गरेको हो। केही दिनअघि मन्त्रालयले विद्यालय बन्द गर्न सुझाव दिइसकेको छ भने काठमाडौं महानगरपालिकाले पनि को’रोना संक्रमण देखिएका विद्यालयहरु एक हप्ताका लागि बन्द गर्न निर्देशन दिइसकेको छ ।





सम्बन्धित समाचार