३ बैशाख २०७८, शुक्रबार   181 पटक हेरिएको


image

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले दोस्रो चरणमा देखा परेको को’रोना संक्रमण पहिलाको तुलनामा बढी सर्ने खालको रहेको बताउनुहुन्छ । अहिले नै जनस्वास्थ्यका मापदण्डको पालना नगरे को’रोनाको संक्रमणको भयावह अवस्था आउने जनस्वास्थ्यविद्हरूले चेतावनी दिएका छन् ।

यो कोरोना भाइरस युके-भेरियन्ट भा’इरसले साना बालबालिकालाई आ’क्रमण गरेकाले जनस्वास्थ्यका मापदण्ड पालना नगरी खेलवाड गरे गम्भीर समस्या आउन सक्ने खतरा रहेको उहाँ बताउनुहुन्छ ।अहिले देखापरेको भा’इरस उमेर सिफ्ट गरेको र फरक खालको भा’इरस भएकाले पहिलाको तुलनामा बढी सावधानी हुनुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ ।अहिलको भा’रइरसबाट बालबच्चा जोगाउन गम्भिर भएर बेलैमा सोच्ने अवस्था आएको र यस्तै अवस्थामा भीडभाड राखेर पढ्न पढाउन लगायत अन्य गतिविधि यथावत राखे अवस्था जटिल आउने सरुवा रोग विशेषज्ञ डा. पुनको भनाइ छ ।

यसैबीच आजबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई दोस्रो चरणको को’रोना महामारीबाट अति प्रभावित क्षेत्रको रुपमा वर्गिकरण गरेको छ । काठमाडौं, ललितपर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बाग्लुङका जिल्लामा भीडभाड नगर्न एवम् दोस्रो चरणको कोरोना सङ्क्रमणबाट संवेदनशील बन्न सरकारले आग्रह गरेको हो । मन्त्रालयले ती जिल्लाहरूमा मानिसहरू धेरे जम्मा हुने स्थान विद्यालय, रात्री क्लब, रेस्टुरेन्ट, जात्रा मेला पर्वमा नजान आग्रह गरेको छ ।





सम्बन्धित समाचार