३ बैशाख २०७८, शुक्रबार   588 पटक हेरिएको


image

रुरु जलविद्युत परियोजना लिमिटेडको साधारण शेयर आज शुक्रबार बिहान बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालयमा बिहान ८:३० बजे रुरु जलविद्युतको साधारण शेयर बाँडफाँड गरिएको हो। कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको साधारण शेयर निष्कासन गरेको थियो

। कम्पनीले कुल ४ लाख ७ लाख ७०६ कित्ता सेयर निष्कासन गरेको थियो। यो साधारण शेयरमा कुल १६ लाख ८३ हजार १२१ आवेदकबाट कुल २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता माग भएको थियो। जसमा १५ लाख ९० हजार ८९६ आवेदकबाट माग भएको २ करोड १८ लाख ७६ हजार ६१० कित्तामात्र सदर भएको छ। 

मागभन्दा बढी आवेदन परेपछि यो साधारण शेयर पनि गोलाप्रथाबाट वितरण गरिएको छ। जसअनुसार ३७ हजार ९१६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी रहेको ७ कित्ता २० कित्ताभन्दा माथि आवेदन दिनेहरुमध्ये ७ जनाले थप १/१ कित्ता पाएका छन्।यो साधारण शेयरको अन्तिम नतिजा बिकी प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयरको वेबसाइट र सिडीएसले साधारण शेयरको लागि संचालन गरेको वेबसाइटबाट हेर्ने सकिने छ ।





सम्बन्धित समाचार