२ बैशाख २०७८, बिहीबार   235 पटक हेरिएको


image

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले को’रोना अति प्रभावित १४ जिल्लाका  विद्यालयहरु  बन्द गर्नेदेखि  बेलुका ७ बजेपछि होटल तथा रेष्टुरेन्टमा सहभागि नहुन अपिल गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना जारी गर्दै बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएपनि विद्यालय, रात्री व्यवसायहरु, बेलुका ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिंग पुल आदि स्थलहरुमा सहभागि नहुन अपिल गरेको हो।

मन्त्रालयले अति जोखिममा राखेका १४ जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुंग रहेका छन्। यस क्षेत्रमा मन्त्रालयले भीड़भाड़मा सहभागी नहुन र गर्न आग्रह गरेको छ ।





सम्बन्धित समाचार