२ बैशाख २०७८, बिहीबार   406 पटक हेरिएको


image

नेपालगञ्ज उप-महानगरपालिकामा आऊदो शुक्रवारदेखि एक हप्ताका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ। नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीवार बसेको बैठकले एक हप्ताका लागि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको उप-महानगरपालिकाले जानकारी दिएको हो ।नेपालगञ्जमा को’रोना भाईरस सङ्क्रमण तीव्र गतिमा बढेपछि उपमहानगरपालिका भित्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।संख्यात्मक रुपमा को’रोना संक्रमित बढे संगै उपमहानगरले यो निर्णय लिन लागेको हो।

उपमहानगरपालिकाका मेयर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । सो क्षेत्रमा माक्स नलगाई कारोबार गर्ने पसल व्यवसाय कम्तीमा एक हप्ताका लागि बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ । सो उपमहानगरपालिकाले घर बाहिर माक्स नलगाई हिँड्नेलाई कारबाही गर्न बैठकले माग गरेको छ ।  

यसै बिच प्रधानमंत्री ओलीले अहिले नै लकडाउन गर्ने अवस्था नरहे पनि परिस्तिथि आए घुमाउरो भाषामा हुन सक्ने बताउनु भएको छ ।





सम्बन्धित समाचार